पर्सा- बारा र पर्साको थप ६६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको परीक्षण अनुसार पर्सामा ५५ र बारामा ११ जनामा कोरोना पुष्टि भएको अस्पतालका चिकित्सक डा. डा. निरज सिंहले बताए।
तीमध्ये पर्साका बहुदरमाई नगरपालिकाका ६ महिलासहित २५ जना छन्। यसैगरी, वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ का एक महिलासहित ६ जना, मूर्ली १० का चार महिलासहित आठ जना, बिर्ता ४ का तीन जना र नेसनल मेडिकल कलेजका दुई जना संक्रमित भएका छन्।
यस्तै, वीरगन्ज वडा नम्बर १० पानीटंकी, वडा नम्बर १६ इनर्वा, वडा नम्बर ११ श्रीपुर र वडा नम्बर १४ बहुअरीका थप एक/एक जनामा संक्रमण देखिएको अस्पतालका चिकित्सक डा. सिंहले बताए।
यसैगरी, बाराको कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, प्रसौनी गाउँपालिका लगायत क्षेत्रमा बढी संक्रमित फेला परेका छन्।
यस्तै, बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ का दुई महिलासहित पाँच जना र पिलुवाका तीन जनामा संक्रमण पुष्टि भएको छ। उनीहरुको प्रसौनीस्थित बेगा साह माविमा स्वाब संकलन गरिएको थियो।
यसैगरी कलैया उपमहानगरपालिका ६ का दुई जना र सिम्रौनगढ नगरपालिका ७ का एक जना संक्रमित थपिएका छन्। कलैया अस्पतालमा स्वाब संकलन गरिएको थियो।
