बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौधरी फाउन्डेसनद्वारा प्रदेश १ सरकारलाई भेन्टिलेटर हस्तान्तरण

चौधरी फाउन्डेसनद्वारा प्रदेश १ सरकारलाई भेन्टिलेटर हस्तान्तरण

चौधरी फाउन्डेसनले प्रदेश १ सरकारलाई पोर्टेबल भेन्टिलेटर हस्तान्तरण गरेको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

विराटनगर– चौधरी फाउन्डेसनले प्रदेश १ सरकारलाई पोर्टेबल भेन्टिलेटर हस्तान्तरण गरेको छ।

मंगलबार बिहान आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एक थान पोर्टेबल भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै सम्भव नभएकाले सबैको सहकार्य आवश्यक रहेको बताए। सबैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उनले बताए।

मन्त्री घिमिरेले संक्रमण बढेका स्थानमा कोरोना नियन्त्रणका काम भइरहेको बताए। संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको उनको भनाइ छ। लक्षित समूहको परीक्षण गर्ने गरी प्राथमिकता निर्धारण गरिएको मन्त्री घिमिरेको भनाइ छ।

चौधरी फाउन्डेसनले देशभरी ८ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको प्रवन्धक कटुवालले बताए। उनले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्ने कार्यक्रमअन्र्तगत कोशी कोभिड अस्पताललाई उपलब्ध गराइएको बताए।

फाउन्डेसनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई पनि एउटा पोर्टेबल भेन्टिलेटर उपलब्ध गराउने उनले बताए।

 

प्रकाशित: Aug 18, 2020| 09:34 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।