बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि

पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १० स्थित कास्की सेवा हस्पिटलमा उपचाररत एक महिलाको सोमबार राति मृत्यु भएको हो ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

कास्की- कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १० स्थित कास्की सेवा हस्पिटलमा उपचाररत एक महिलाको सोमबार राति मृत्यु भएको हो ।

तनहूँ व्यास नगरपालिका निवासी महिलाको सोमबार राति ११ बजेर ३६ मिनेटमा मृत्यु भएपनि मंगलबार बिहान ६ बजे मात्रै रिपोर्ट आएको छ । रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

साउन ३२ गते अस्पताल भर्ना भएकी महिलाको कोरोना टेस्टको लागि स्वाब संकलन भएकोमा आज बिहान मात्रै रिपोर्ट आएको हो । मृतक महिला डाइबेटिज र निमोनियाको बिरामी थिइन् ।

योसँगै सोमबा राति र मंगलबार बिहान गरेर थप तीन जनाको मृत्यु भएको छ भने देशभर मृतकको संख्या १ सय १० पुगेको छ ।

प्रकाशित: Aug 18, 2020| 09:37 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।