बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समुदायस्तरमा कोरोना फैलिएपछि धनगढीमा पुनः लकडाउन गर्ने तयारी

समुदायस्तरमा कोरोना फैलिएपछि धनगढीमा पुनः लकडाउन गर्ने तयारी

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले लकडाउन गर्नेबारे छलफल भईरहेको बताए।

‘विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएकोमा अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, व्यापारी लगायतमा कोरोना संक्रमण देखिएको छ, प्रवत्ता सन्तोष मुडभरीले भने– 'यसले समुदायस्तरमै कोरोना फैलिने खतरा रहेकाले नियन्त्रणका लागि लकडाउन गर्ने तयारी भएको छ।'

प्रवत्ता मुरारीले सोमवार पनि उप–महानगरपालिकामा छलफल भएको बताउँदै १०/१५ दिनका लागि लकडाउन गर्ने विषयमा धेरैको सहमती जुटेको बताए।

‘लकडाउन खुलेसंगै बजार क्षेत्रमा भीड बढेको छ,’ उनले भने, ‘सबैभन्दा बढि भीड हुने स्वास्थ्य क्षेत्रमै न्यूनतम मापदण्ड समेत पूरा भएको छैन्। यस्ले झनै जोखिम बढाएको छ।’

भारतबाट आउने क्रम जारी रहेको तर उनीहरुलाई राख्न क्वारेन्टिन नहुँदा झनै समस्या भएको प्रवक्ता मुडभरीले बताए।

समुदायस्तरमै कोरोना संक्रमित फेला परेको भन्दै वडा नम्वर ३ को कार्यालय भाद्र १० गतेसम्मका लागि बन्द गरिएको छ भने अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ।

वडाध्यक्ष बलवहादुर ऐरले नजिकै आईरहेका चाडपर्वमा समेत भीडभाड बढ्ने देखिएकोले कोरोना भाईरस नियन्त्रणका लागि कडाइ गरिएको बताए।

धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको बताए ।

प्रकाशित: Aug 18, 2020| 09:21 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।