बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट धुलिखेलमा एक पुरुषको मुत्यु, मृतकको संख्या १०९ पुग्यो

कोरोनाबाट धुलिखेलमा एक पुरुषको मुत्यु, मृतकको संख्या १०९ पुग्यो

काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत धुलिखेलका एक ९८ वर्षीय वृद्धको उपचारका क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको हो ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत धुलिखेलका एक ९८ वर्षीय वृद्धको उपचारका क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धुलिखेल अस्पताल पुगेका थिए । मधुमेह र दमको रोगी समेत रहेका उनमा साउन २७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसपछि अस्पताल नै भर्ना भएर उपचार गराउँदै आएका उनको आज बिहान मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९ पुगेको छ । यसअघि सोमबार राति बाँकेको नेपालगन्जमा एक ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित: Aug 18, 2020| 08:54 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।