बिहीबार, भदौ ११, २०८३

पोखराका १५ सहित गण्डकी प्रदेशमा थप २५ जना संक्रमित

कास्कीको पोखरा महानगरपालिकाका १५ जना सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सं‌क्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

पोखरा- कास्कीको पोखरा महानगरपालिकाका १५ जना सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सं‌क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान थपिएका ४ जना मध्ये २ जना पोखरा महानगरपालिका वडा नम्बर ६ का २३ र २८ बर्षिय पुरुष छन् भने २ जना महिलाको ठेगाना खुलेको छैन् ।

त्यस्तै सोमबार राति पोखरा महानगरमा ११ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पोखरा महानगरका ४, ७, ९, १६, १७, २७ र ३० नं वडाका बासिन्दामा संक्रमण देखिएको छ । संक्रमितहरु १० वर्षदेखि ८७ वर्ष उमेर समुहका छन् ।

त्यसैगरी गण्डकी प्रदेशका नवलपुरमा २ जना र बाग्लुङमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङजा, बागलुङ, लमजुङ र नवलपुरका १/१ पुरुष तथा तनहुँका २ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको छ ।

प्रकाशित: Aug 18, 2020| 08:29 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।