बिहीबार, भदौ ११, २०८३

चितवनमा थप ४६ जनामा कोरोना पुष्टि

संक्रमितमध्ये ४२ जना सशस्त्र प्रहरीमात्रै रहेका छन् । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

भरतपुर- चितवनमा आज (मंगलबार)थप ४६ जनामा कोरोना भाइरसको संक्रमण संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ४२ जना सशस्त्र प्रहरीमात्रै रहेका छन् । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। उनीहरु राप्तीको प्रहरी क्वारेन्टिनमा बसेका थिए । 

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको थियो । बाहिनीमा ३ सयभन्दा बढी सशस्त्र प्रहरी रहेका छन्।

यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो ।

आज ४६ जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या २५५ पुगेको छ ।

यस्तै भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा चितवनबाहेक मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमूना परीक्षणका लागि पठाइएको थियो ।

प्रकाशित: Aug 18, 2020| 07:54 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।