बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालगन्जमा कोरोनाबाट थप एक पुरुषको मृत्यु, मृतकको संख्या १०८ पुग्यो

नेपालगन्जमा कोरोनाबाट थप एक पुरुषको मृत्यु, मृतकको संख्या १०८ पुग्यो

नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमण कारण सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि गरेका छन ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

बाँके- कोरोना संक्रमणका कारण बाँकेका थप एक ब्यक्तिको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमण कारण सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि गरेका छन ।

३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए ।

उपचारकै क्रममा उनको सोमबार राति ११ः४० बजे मृत्यु भएको श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

यसअघि नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०८ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Aug 18, 2020| 07:07 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।