बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुदानका लागि निजी अस्पतालसँग संक्रमितको संख्या माग

अनुदानका लागि निजी अस्पतालसँग संक्रमितको संख्या माग

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको उपचार गरेवापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामीे सङ्ख्या माग गरेको छ ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको उपचार गरेवापत अनुदान उपलब्ध गराउनका लागि निजी अस्पतालसँग बिरामीे सङ्ख्या माग गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का शङ्कास्पद तथा सङ्क्रमित व्यक्ति राखी उपचार गर्ने अस्पताललाई अनुदानका लागि सङ्क्रमित कति दिन अस्पतालमा बसेको र सङ्क्रमितको सङ्ख्या माग गरेको जानकारी दिए।

उनका अनुसार लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीका लागि रु २००, लक्षण नभएका वा सामान्य लक्षण भएका दुई हजार, सामान्य लक्षण भएकालाई तीन हजार ५००, मध्यम जटिल बिरामी सात हजार र जटिल र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार प्रतिदिन दिनका लागि सङ्ख्या माग गरिएको हो । रु २०० घरमा स्वास्थ्यकर्मीले क्लिनिकल निगरानी गर्दा लाग्ने खर्च र रु दुई हजार आइसोलेशन केन्द्रमा बसेको खर्च अनुदान दिनका लागि तोकिएको छ ।

मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७ ल्याएर निजी अस्पताललाई पनि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न दिएको थियो ।

प्रकाशित: Aug 18, 2020| 05:36 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।