भैरहवा- जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कार्यालयबाट प्रवाह गर्ने सेवा केही दिनका लागि स्थगित गरेको छ। जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रशासनले केही दिनदेखि आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्दै आएको थियो।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले आगामी भदौ ५ गतेसम्म नागरिकता, राहदानी, संघसंस्थासम्बन्धी लगायतका प्रशासनिक सेवा स्थगित गरिएको जानकारी दिए।
कार्यालयले सोमबार सूचना जारी गर्दै सरकारी कार्यालयहरुबाट प्रभाव हुने सेवालाई समेत न्यूनीकरण गर्न अत्यावश्यक देखिएकाले दैनिक सेवा प्रवाह स्थगन गरिएको बताएको छ।
