बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीसीएमसीको निर्देशनपछि अन्तर्राष्ट्रिय चार्टर उडान स्थगित

सीसीएमसीको निर्देशनपछि अन्तर्राष्ट्रिय चार्टर उडान स्थगित

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को निर्देशनपछि तयार भइसकेका अन्तर्राष्ट्रिय चार्टर उडान स्थगित गरिएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को निर्देशनपछि तयार भइसकेका अन्तर्राष्ट्रिय चार्टर उडान स्थगित गरिएको छ।

सीसीएमसीको निर्देशनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको मन्त्रालयका सहप्रवक्ता एवं उपसचिव राजन पौडेलले जानकारी दिए। 

“मन्त्रालयको योजना चार्टर उडान होइन, नियमित उडान खोल्ने भन्ने हो,” उनले भने, “नियमित उडान हुँदा चार्टर उडानभन्दा सस्तो हुन्छ भन्ने हो।”

मन्त्रालयले नियमित उडान खोल्न खोजेको भन्दै उनले सीसीएमसीकै निर्देशनमा उडान स्थगित भएको जानकारी दिए। “अहिले भएको निर्णय पनि तीन दिनका लागि मात्रै हो,” उनले नेपाल समयलाई भने, “के कति कारण हो, थाहा भएन। तर, सीसीएमसीको निर्देशन आएपछि स्थगित गरिएको हो।”

विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नु पर्ने अवस्था रहेको र होटल अहिले व्यवस्थित भइनसकेको भन्दै सीसीएमसीले साउन २९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो। सीसीएमसीले सोमबार भने ती दुवै मन्त्रालयले उडान स्थगित गर्नेसम्बन्धी पत्र पठाएको हो।

कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पठाएको पत्रमा उल्लेख छ।

सोमबारदेखि पाचौं चरणको उद्धार उडान तय गरिएको थियो।

विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्नका लागि तय भइसकेका विभिन्न एयरलाइन्सहरुले पनि उडान स्थगित गरिएको सूचना जारी गरेका छन्।

प्रकाशित: Aug 17, 2020| 20:42 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।