काठमाडौं- बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज (सोमबार) थप १९५ जनामा संक्रमण देखिएसँगै बागमतीमा कूल संक्रमितको संख्या ३ हजार ६१ पुगेको हो।
तीमध्ये काठमाडौंमा सबैभन्दा बढी एक हजार ७०७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणका आधारमा दोस्रोमा ललितपुर छ। त्यहाँ २८२ जना कोरोना संक्रमित छन्। रसुवामा सबैभन्दा कम १३ जनामा संक्रमण देखिएको छ।
यस्तै, बाग्मतीमा अहिलेसम्म ७०२ जना कोरोनामुक्त हुँदा दुई हजार ३४१ जना भने अझै उपचाररत छन्। अहिलेसम्म प्रदेशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
कहाँ कति ?
काठमाडौं १७०७
ललितपुर २८२
भक्तपुर १४५
रसुवा १३
नुवाकोट ७०
धादिङ १६५
चितवन २१९
सिन्धुली ५३
मकवानपुर १७९
रामेछाप ५४
दोलखा २५
काभ्रे ६४
सिन्धुपाल्चोक ८५
