विराटनगर– विराटनगरस्थित कोशी अस्पताल उपचाररत कोरोना संक्रमित पुरुषको सोमबार साँझ मृत्यु भएको छ।
विराटनगर-८ का ४७ वर्षीय पुरुषको साँझ ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए।
गत आइतबार साँझ अस्पताल भर्ना भएका ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनले बताए। ती पुरुषको सोमबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
यससँगै विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।
