बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकका कर्मचारीसहित सुदूरपश्चिममा चार जनामा कोरोना संक्रमण

बैंकका कर्मचारीसहित सुदूरपश्चिममा चार जनामा कोरोना संक्रमण

धनगढीको ग्लोबल आइएमई बैकमा कार्यरत एक कर्मचारीसहित कैलाली र कञ्चनपुरमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

धनगढी- धनगढीको ग्लोबल आइएमई बैकमा कार्यरत एक कर्मचारीसहित कैलाली र कञ्चनपुरमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घन्टामा कैलालीका तीन र कञ्चनपुरको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर १९ का २२ वर्षीय पुरुष र गोदावरी नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

अस्पतालले पछिल्लो २४ घन्टामा ५२७ जनाको स्वाब परीक्षण गरेको थियो।

ग्लोबल आईएमई बैंकमा कार्यरत २६ वर्षीय पुरुष धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा डेरा गरी बस्दै आएका छन्।

बैंकका व्यवस्थापक शम्भु जोशीले एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताए। “एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सबै कर्मचारीको परीक्षण गर्ने तयारी गरेका छौं,” व्यवस्थापक जोशीले भने, “सुरुमा तीन जना कर्मचारीको स्वाब परीक्षणका लागि दिएका थियौं, एक जनामा संक्रमण देखियो।”

कर्मचारीमा संक्रमण देखिएपछि बैक बन्द गर्ने निर्णय भएको बताउँदै बैकका क्षेत्रीय प्रबन्धक मुकुण्द भट्टले भने, “कार्यरत सबै कर्मचारीको पीसीआर जाँचपछि बैंक सेनिटाइजर गरेर संचालनमा ल्याउँछौं।”

क्षेत्रीय प्रबन्धक भट्टका अनुसार धनगढीमा रहेको अन्य दुई शाखा भने सञ्चालन हुने बताए।

प्रकाशित: Aug 17, 2020| 18:45 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।