बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज ५८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ हजार नाघ्यो

आज ५८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा नेपालमा ५८१ जनामा कोरोना पुष्टि भएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५८१ जनामा कोरोना पुष्टि भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५२० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म ५ लाख २९ हजार ४२७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल विभिन्न क्वारेन्टिनमा १५ हजार १९८ जना रहेका छन्। हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३८ छ।

विगत २४ घण्टामा १६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

प्रकाशित: Aug 17, 2020| 16:25 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।