काठमाडौं- उपत्यकामा आज सोमबार कोरोना भाइरसका १६८ जना संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ११४ पुगेको छ। कुल संक्रमितमध्ये काठमाडौंका १ हजार ७०७ जना, भक्तपुरका १४४ जना र ललितपुरका २९१ जना छन्।
देशभर कोरोना संक्रमितको संख्या भने २७ हजार नाघेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ।
देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।
