बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल–भारत निगरानी संयन्त्रको बैठक सम्पन्न, सम्बन्ध सुधारतर्फको पहल

नेपाल–भारत निगरानी संयन्त्रको बैठक सम्पन्न, सम्बन्ध सुधारतर्फको पहल

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच संवादहिनताको स्थिति थियो।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– नेपाल–भारत निगरानी संयन्त्र समितिको आठौं बैठक सम्पन्न भएको छ।

काठमाडौंमा भिडियो कन्फरेन्समार्फत् भएको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नेतृत्व गरेका थिए।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच संवादहिनताको स्थिति थियो।

लामो समयपछि भएको यो बैठकलाई सम्बन्ध सुधारको पहलका रुपमा पनि हेरिएको छ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर शुभकामना दिएका थिए।

दुवै देशका प्रधानमन्त्रीहरुबीच भएको टेलिफोन वार्ताको दुईदिनपछि दुईदेशका अधिकारीहरु सम्मलित संयन्त्रको बैठक भएको हो।

बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा द्विपक्षीय सहयोगमा आयोजनाहरूको कार्यान्वयनको गहन समीक्षा गरिएको उल्लेख छ।

‘नेपाल–भारत द्विपक्षीय सहयोग अन्तर्गत तराई सडक, सीमापार रेलमार्ग, अरुण तेस्रो जलविद्युत परियोजना, पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्प पश्चात नेपाल–भारत द्विपक्षीय सहयोग अन्तर्गत चलिरहेका आयोजनाहरूको कार्यान्वयनको स्थितिबारे छलफल भएको छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सिंचाई, विद्युत र प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत चेक पोस्ट, रामायण सर्किट, एचआईसीडीपीहरू, महाकाली नदीमा मोटेबल पुल, कृषि र सांस्कृतिक सम्पदा लगायतका आयोजनाहरुका बारेमा पनि छलफल भएको छ।

दुबै पक्षले द्विपक्षीय परियोजनाहरूको छिटो कार्यान्वयनको आवश्यकतालाई जोड दिएका छन्। कार्यान्वयनको क्रममा समस्या र अवरोधहरूलाई समयमै सम्बोधन गर्न आवश्यक कदम चाल्न दुवै पक्षबीच सहमति भएको छ।

द्विपक्षीय आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न नेपाल– भारत निरीक्षण संयन्त्र स्थापना भएको थियो।

 

प्रकाशित: Aug 17, 2020| 16:21 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।