बिहीबार, भदौ ११, २०८३

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज (सोमबार) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज (सोमबार) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालमा सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ७, जुम्लाका ३ तथा दैलेख, सल्यान, धनुषा र भारतका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितहरु १८ महिने बालकदेखि ५० वर्ष उमेरसम्मका महिला तथा पुरुष छन्।

आज थपिएका संक्रमितसहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २० हजार ८१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

कर्णालीमा अहिलेसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ९२८ पुगेको छ।

उक्त प्रदेशमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

प्रकाशित: Aug 17, 2020| 16:05 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।