बिहीबार, भदौ ११, २०८३

'सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा'

भौगर्भिक अध्ययनमा सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको पाइएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– भौगर्भिक अध्ययनमा सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको पाइएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले विभिन्न निकायसँगको समन्वयमा सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गराएको जानकारी दिए।

अध्ययनले ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेकाे देखाएकाे थियाे।

प्राधिकरणले आयोजना गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार अध्ययनले लिदीमा माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको थियो।

भट्टले बेलाबेलामा जोखिमका क्षेत्र बदलिन सक्ने बताए। २०७४ सालमा गरिएको अध्ययनले लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको भौगर्भिक अध्ययन गरी अन्यन्तै जोखिमपूर्ण देखिएका क्षेत्रका जनतालाई स्थानान्तरणको व्यवस्था मिलाउन आग्रह गरे।

ुजमिनसँग मानिसको जीवन जोडिएको हुन्छ।कतिपयले पुर्खाको थातथलो छोड्न हुँदैन पनि भन्न सक्नु हुन्छ’, उनले भने, ‘ जोखिममा भएका जनतालाई बुझाएर स्थानान्तरण हुन प्रेरित गर्नुपर्छ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिन्धुपाल्चोकमा भएको ठूलो जनधनको क्षति अत्यन्तै दुःखद् भएको बताउँदै सिन्धुपाल्चोकबारे विगतका गरिएका अध्ययनहरुको समीक्षा गर्नुका साथै नयाँ अध्ययन गर्न विभिन्न निकायसँग समन्वय गरी प्राधिकरणले सहयोग गर्ने बताए।

उनले विगतमा भएका अध्ययनहरुको समीक्षाको काम सुरु गर्न प्राधिकरणका विज्ञ तथा कर्मचारीलाई निर्देशन दिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीय तह, प्रदेश र केन्द्रले गर्ने कामलाई स्पष्ट गरेर अघि बढ्दा समस्या समाधानमा थप सहज हुने धारणा व्यक्त गरे।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आगामी विहीबार स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्दै छ।

सोही कार्यक्रममा प्राधिकरणको विज्ञ टोलीले सिन्धुपाल्चोकमा कुन कुन क्षेत्रमा जोखिम छ भनेर विवरण प्रस्तुत गर्नेछ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिहरुबाट आएका सुझावहरुलाई समेत ध्यानमा राखी थप अध्ययन गर्न प्राधिकरणले सहयोग गर्ने बताए।

 

प्रकाशित: Aug 17, 2020| 15:51 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।