बिहीबार, भदौ ११, २०८३

पोखरामा एक हप्ता निषेधाज्ञा

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

पोखरा- पोखरामा आज (सोमबार) राति १२ बजेबाट १ हप्ता निषेधाज्ञा लागू हुने भएको छ। पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो।

समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि पोखरामा १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए। चाडपर्व आउँदै छन्। बढी भीड हुने भएकाले जोखिम झन् बढ्ने निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको ती सदस्यले बताए ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् ।

त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन्।

मूल समितिमा छलफल गर्नुअघि राजनीतिक दलसँग महानगरपालिकाले छलफल गरेको थियो। बैठकमा सहभागीले संक्रमण तीव्र फैलिरहेकाले १ हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।

पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना पुष्टि भएको छ। शनिबार पनि १२ संक्रमित भेटिएका थिए।

पोखरामा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २०४ पुगेको छ । संक्रमितमध्ये १२५ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । लकडाउन खुलेयता पोखरामा कोरोना संक्रमितको दर निरन्तर उकालो लागिरहेको देखिन्छ।

 

प्रकाशित: Aug 17, 2020| 14:09 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।