बिहीबार, भदौ ११, २०८३

'कान्छा महारानी' उपन्यास प्रकाशित

शीवा शाहद्वारा लिखित अंग्रेजी उपन्यास ‘द अदर क्विन’ को नेपाली अनुवाद कान्छा महारानी प्रकाशित भएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– आख्यानकार शीवा शाहद्वारा लिखित अंग्रेजी उपन्यास ‘द अदर क्विन’ को नेपाली अनुवाद कान्छा महारानी प्रकाशित भएको छ।

उपन्यास सगुना शाहले अनुवाद गरेकी हुन्। सगुनाले भनेकी छन्, ‘कान्छा महारानी आत्मवृतान्त शैलीमा इतिहासको आख्यानीकरण हो। शीवा शाहले इतिहास र आख्यानको मोहक वर्णन बुन्ने क्रममा अतितको एउटा तिलस्मी कालखण्डमा जमेको समयको धुलो झारिदिएकी छिन्।’

सगुनाका अनुािर नेपालको इतिहासलाई आफ्नो रंगले पोतिदिएका दुई प्रभावशाली महारानीको कथा हो – कान्छा महारानी।

यसमा सत्ता र त्यसका वरिपरि रहेकाहरुको व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाले कसरी सम्पूर्ण राष्ट्रको इतिहास र भविष्य निर्देशित हुन पुग्छ भन्ने कुराको खुलासा मात्र नभई प्रेम र इर्ष्याको ज्वलन्त द्वन्द पनि पाइने उनले बताइन्।

लेखक शीवा शाहले भनेकी छन्, ‘मैले जन्माएको कथा अन्ततगोत्वा मेरो देशको भाषामा अदूदित भएर त्यहाँका बृहत्तर पाठकसमक्ष पुगेकोमा म निकै हर्षित छु। मेरो हर्षको अर्को एउटा कारण पनि छ जो व्यक्तिगत रुपमा मेरो लागी ठुलो छ। मैले अर्कै भाषामा लेख्ने हुनाले मैले लेखेको कहिल्यै पढ्न नपाएकी मेरी आमाले अब मलाई पढ्न पाउने छिन्।’

उनका अनुसार कान्छा महारानी धेरै आयाम बोकेको उपन्यास हो।

यसमा इतिहासले खलपात्र मानेकी एक स्त्रीको बदलाको कथा छ। साथै त्यही प्रक्रियामा आआफ्ना कुत्सित स्वार्थ लिएर बसेका दरबारियाको मोहरा उनी कसरी बन्न पुगिन् भन्ने कुरा पनि स्पष्ट हुँदै जान्छ।

उपन्यासले पाठकहरुलाई इतिहासको एउटा कालखण्डमा त लिएर जान्छ नै, साथै प्रत्येक मान्छेको हृदयभित्र हुने माया, आक्रोश, व्यथा, बदला र पश्चाताप जस्ता गहिरा भावनाहरुमा पनि डुबाउँछ।

उपन्यासले इतिहासको सबैभन्दा महत्त्वपूर्ण कालखण्डलाई आधार बनाएको छ। यो त्यो कालखण्डको कथा हो, राजाको काँतर प्रवृत्तिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरुको अधीनमा थियो। त्यसको फाइदा भारदारहरुले उठाएका थिए र जंगबहादुरको उदय भएको थियो।

सांग्रिला बुक्सले प्रकाशन गरेको कान्छा महारानीको मूल्य ४९५ रुपैयाँ छ।

प्रकाशित: Aug 17, 2020| 14:01 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।