बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीर अस्पतालको टिकट काउन्टरका कर्मचारीलाई कोरोना संक्रमण

वीर अस्पतालको टिकट काउन्टरका कर्मचारीलाई कोरोना संक्रमण

त्यसअघि तीन जना चिकित्सक र एक जना नर्स, एक जना सवारी चालकमा समेत संक्रमण देखिइसकेको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– वीर अस्पतालको टिकट काउन्टरमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएको छ।

अस्पतालका चिकित्सक तथा कोभिड–१९ संयोजक डा. विधान निधि पौडेलका अनुसार हालसम्म अस्पतालमा ३ जना चिकित्सकसहित ७ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ।

संक्रमितलाई सुरक्षित तरिकाले आइसोलेसनमा राखेर अस्पतालका अन्य सेवाहरु सहज रुपमा सञ्चालन भएको डा. पौडेलले जानकारी दिए।

उनका अनुसार संक्रमित कर्मचारीसँग काम गरेका वा सम्पर्कमा आएका अन्य कर्मचारीहरुको पीसीआर गर्ने तयारी गरिएको छ। यसअघि आइतबार अस्पतालको सरसफाइमा खटिएका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो।

त्यसअघि तीन जना चिकित्सक र एक जना नर्स, एक जना सवारी चालकमा समेत संक्रमण देखिइसकेको छ।

प्रकाशित: Aug 17, 2020| 12:38 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।