बिहीबार, भदौ ११, २०८३

प्रदेश २ मा पहिलो पटक महिला फोटो पत्रकार पुरस्कृत

प्रतीक दैनिकको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७ मध्य नेपाल पत्रिकाकी कविता खड्काले प्राप्त गरेकी हुन् ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

पर्सा– प्रदेश २ मै पहिलो पटक महिला फोटो पत्रकारले पुरस्कार प्राप्त गरेकी छिन् ।

प्रतीक दैनिकको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७ मध्य नेपाल पत्रिकाकी कविता खड्काले प्राप्त गरेकी हुन् ।

पत्रिकाले हरेक वर्ष एक जना फोटो पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। प्रतीक दैनिकको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधान सम्पादक जगदीश शर्माले २५ हजार रुपैयाँको पुरस्कार खड्कालाई प्रदान गरेका थिए।

२०७३ सालदेखि मध्य नेपाल सन्देश पत्रिका र मध्य नेपाल अनलाइन आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएकी पत्रकार खड्काले ३ वर्षदेखि निरन्तर प्रतिस्पर्धामा सामेल हुँदै आए पनि यस वर्ष पुरस्कृत भएकोमा खुशी व्यक्त गरिन्।

यसअघि सो पुरस्कार राम सर्राफ, राम क्षेत्री, उत्तम खड्गी, जीतलाल श्रेष्ठ, मनिीष पौडेल, जियालाल साह, प्रवीण मानन्धर, प्रणय साह, विजय चौहान, अरविन्द अमात्य र पंकज श्रेष्ठले प्राप्त गरिसकेका छन् ।

 

प्रकाशित: Aug 17, 2020| 11:52 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।