बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिँदै

भारतमा दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिँदै

कोरोनाबाट अति प्रभावित देशको सूचीमा चौथो स्थानमा पर्ने भारतमा अहिलेसम्म करिब साढे २६ लाख जना संक्रमित भइसकेका छन्।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– छिमेकी देश भारतमा कोरोना संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। केही दिनयता त्यहाँ दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्।

त्यहाँ दैनिक संक्रमित र मृत्यु हुनेको संख्या अहिले विश्वमै सबैभन्दा धेरै छ। पछिल्लो २४ घण्टामा भारतमा ५७ हजार ९८१ जना संक्रमित थपिएका छन्। त्यसैगरी २४ घण्टामै ९४१ जनाको ज्यान गएको छ।

कोरोनाबाट अति प्रभावित देशको सूचीमा चौथो स्थानमा पर्ने भारतमा अहिलेसम्म करिब साढे २६ लाख जना संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या पनि ५१ हजारको हाराहारीमा पुगेको छ।

भारतमा अहिलेसम्म ४ करोडभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ। त्यहाँ दैनिक झन्डै साढे ३ लाख जनाको पीसीआर परीक्षण हुन्छ।

प्रकाशित: Aug 17, 2020| 11:39 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।