शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि कर्णाली प्रवेश गर्न कोरोना नभएको प्रमाण चाहिने, चार जिल्लामा निषेधाज्ञा

आजदेखि कर्णाली प्रवेश गर्न कोरोना नभएको प्रमाण चाहिने, चार जिल्लामा निषेधाज्ञा

कोरोना नभएको प्रमाण (पीसीआर रिपोर्ट नेगेटिभ) भएमात्रै आजदेखि कर्णाली प्रदेशमा प्रवेश पाइने भएको छ ।
 |  सोमबार, भदौ १, २०७७

देव राना

देव राना

सोमबार, भदौ १, २०७७

सुर्खेत- कोरोना नभएको प्रमाण (पीसीआर रिपोर्ट नेगेटिभ) भएमात्रै आजदेखि कर्णाली प्रदेशमा प्रवेश पाइने भएको छ ।

National life

प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै कर्णाली प्रवेशका लागि कोरोना भएका प्रमाण अनिवार्य गरिएको हो ।

पीसीआर रिपोर्ट नेगेटिभ भएको तीनदिनसम्म मात्रै मुख्य नाकाहरु सल्यानको कालिमाटी काल्चे र कपुरकोट, सुर्खेतको बबइ र कुइने नाकाबाट प्रवेश दिइने छ । तर रातीको समयमा भने नाका पूर्ण रुपमा बन्द हुने छन् ।

त्यस्तै कोरोना संक्रमण रोक्न भन्दै कर्णालीका चार वटा जिल्लाहहरुले सदरमुकाममा निषेधाज्ञा लागु गरेका छन् ।

आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर, मुगुको सदरमुकाम गमगडी, जुम्ला सदरमुकाम खलंगामा निषेधाज्ञा लागु गरिएको हो।

Laxmi sunrise bank
kumari

वीरेन्द्रनगरमा भदौँ ५ गतेसम्म, गमगडीमा भदौँ १५ गते र खलंगामा अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

त्यस्तै रुकुमपश्चिमको सदरमुकाम खलंगामा पनि गत बुधबारदेखि नै निषेधाज्ञा लागु भएको छ।

यो अवधिमा एम्बुलेन्स लगायत स्वास्थ्य संघ सम्बन्धित सेवाहरु, दुरसञ्चार, विद्युत, खानेपानी, दमकल, शवबहान सेवा भने नियमित सञ्चालन हुने छ ।

निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइनेछ भने धार्मिक, सामाजिक लगायतका जमघट गर्न पाइने छैन् ।

त्यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाले पनि मुख्य बजारहरु बन्द गरेको छ ।

नगरपालिकाका छिन्चु, जहरे, रामघाट र झिग्नी लगायतका मुख्य बजारहरु आजदेखि नै बन्द गरेको हो। हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज) मा हुने भिडभाडले कोरोना संक्रमणको बढ्ने निष्कर्ष निकाल्दै जिल्ला सदरमुकामहरुमा निषेधाज्ञा लागु गरिएको हो ।

प्रकाशित: Aug 17, 2020| 11:22 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।