काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा गत शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज (सोमबार) बिहान पुरिएको अवस्थामा पाँच वर्षीय अजय दोङ र २२ वर्षीय छविलाल (अजय) दोङको शव फेला परेको हो। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।
प्रहरी उपरीक्षक महर्जनका अनुसार शुक्रबार ११, शनिबार सात र आइतबार एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको थियो।
पहिरोमा १८ जना अझै हराइरहेका छन्। उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
लिदीमा गत शुक्रबार बिहान खसेको पहिरोले ३७ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए।
