बिहीबार, भदौ ११, २०८३

भारतबाट फर्किएका युवकको क्वारेन्टिनभित्रै मृत्यु

इलाम सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टिनभित्रै एक युवकको मृत्यु भएको छ ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

इलाम- इलाम सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टिनभित्रै एक युवकको मृत्यु भएको छ।

साउन २६ गते भारतको हैदरबादबाट आएर क्वारेन्टिनमा बसेका २२ वर्षका युवकको आइतबार राति मृत्यु भएको हो।

सूर्योदय नगरपालिका वडा नं ९ घर भएका उनको कोरोनाका कारण मृत्यु भएको आशंका गरिएको छ। उनको रिपोर्ट आउन बाँकी छ।

साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइए जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए।

मृतक युवा आइतबार अकस्मात बिरामी भएका थिए। स्वासप्रश्वासमा समस्या देखिएका उनको प्राथमिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टिनमै आएर उपचार गरेका थिए।

सामान्य उपचारपछि चिकित्सक फर्किएका थिए भने उनको राति नै मृत्यु भएको हो।

प्रकाशित: Aug 17, 2020| 09:11 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।