बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेयर रौनियारसहित पर्सामा थप ७६ जनामा कोरोना पुष्टि, ४ चिकित्सक पनि संक्रमित

मेयर रौनियारसहित पर्सामा थप ७६ जनामा कोरोना पुष्टि, ४ चिकित्सक पनि संक्रमित

पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनका परिवारका ८ जना सदस्यसहित पर्सामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

पर्सा- पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनका परिवारका ८ जना सदस्यसहित पर्सामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा ७ वर्षिय बालकदेखि ८१ वर्षका वृद्धसम्म रहेका छन् । जसमा ४ जना चिकित्सक पनि छन् ।

समुदायस्तरमा फैलिएको कोरोना संक्रमण पर्साको ग्रामीण भेगमा अझै धेरै फैलिएको चिकित्सकहरूले बताएका छन् ।

नारायणी अस्पतालको पिसिआर ल्याबले पोखरिया नगरपालिकाको पोखरिया अस्पतालमा गरेको स्वाब टेष्टमा ३ जना चिकित्सक र ८ जना महिला गरी ३३ जना संक्रमित थपिएका छन् ।

जसमा मेयर दीपनारायण रौनियार सहित उनका परिवारका ८ सदस्यहरू समेत रहेको उनले जानकारी गराएका छन् ।

यसैगरी जिल्ला कै ग्रामीण भेगमा पर्ने जगरनाथपुर गाँउपालिकाका १५ जना पुरूष संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालका चिकित्सक डा निरज सिंहका अनुसार वीरगंज महानगरपालिकाको त्रिजुद्ध माध्यमिक विधालयमा गरिएको स्वाब टेष्टमा १ जना चिकित्सक र ११ जना महिला सहित २८ जना संक्रमित फेला परेको हो ।

संक्रमित मध्ये कतिपय कन्ट्याक्ट् ट्रेसिङ्गका अधारमा संक्रमित फेला परेका छन् ।                                                                सच्याइएकाे 

प्रकाशित: Aug 17, 2020| 08:14 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।