बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु

कोरोनाबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु

कोरोनाबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु भएको छ ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

कोरोनाबाट भारतको उत्तर प्रदेशका एक मन्त्रीको मृत्यु भएको छ ।

गुरुग्राम मेदान्ता अस्पतालमा उपचारका क्रममा सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री चेतन चौहानको आइतबार मृत्यु भएको हो ।

पूर्व भारतीय क्रिकेटसमेत रहेका ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेको दैनिक भाष्करले लेखेको छ ।

चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै गुरुग्राम मेदान्ता अस्पतालमा उपचार हुँदै आएको थियो ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री योगीका अनुसार चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् ।

प्रकाशित: Aug 17, 2020| 07:49 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।