चितवन- चितवनमा गरिएको परिक्षणमा चितवनका १० जना सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
चितवनमा सबैभन्दा धेरै भरतपुरमा संक्रमित भेटिएका छन् । भरतपुरमा ४ महिला र ३ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु मध्ये केही क्वारेन्टिनका हुन् भने केही पुरानो मेडिकल कलेजमा उपचाररत बिरामी हुन् । पूर्वीचितवन राप्ती नगरपालिका–२ र ९ का २ जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर–१० स्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा–९ का ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा आइतबार राति कुल ५६८ नमुना परीक्षण गरिएको थियो ।
आज १० जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ ।
