बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छोरा आइसोलेसनमा, छिमेकी नआएपछि सेनाले व्यवस्थापन गरिदियो शव

छोरा आइसोलेसनमा, छिमेकी नआएपछि सेनाले व्यवस्थापन गरिदियो शव

संक्रमण देखिएपछि वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारबाट मारवाडी सेवा सदनको आइसोलेसनमा छन्।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

विराटनगर– छिमेकीलाई ‘जिउँदाको जन्ती मर्दाको मलामी’ भन्ने नेपाली आहान छ। तर, विराटनगर–३ की ८७ वर्षीया वृद्धाको मृत्युमा छिमेकी देखा परेनन्।

२२ घण्टासम्म उनको शव पलङमै रह्यो। छिमेकी नआएपछि नेपाली सेनाको सूर्यदल गणको टोलीले मृतक वृद्धाको शव आइतबार साँझ व्यवस्थापन गरिदियो। मृतकका परिवारका सदस्यमा कोरोना संक्रमण भएपछि शव व्यवस्थापनमा समस्या परेको थियो।

संक्रमण देखिएपछि वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारबाट मारवाडी सेवा सदनको आइसोलेसनमा छन्। ५० वर्षीय बुहारी र २८ वर्षीय नातिको स्वाब परीक्षण रिपोर्ट पनि आइतबार पोजेटिभ आएपछि उनीहरु होम आइसोलेसनमा छन्। वृद्धाको रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कार गर्न आफन्त र परिवारलाई अनुमति दिइएको थियो।

आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टिमा सहभागी हुन नमानेपछि विशेष आग्रहमा शव सेनाले व्यवस्थापन गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

कोरोना पोजेटिभ देखिएका मृतकको मात्रै शव नेपाली सेनाले व्यवस्थापन गर्छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ । तर यहाँ भने नेगेटिभ रिपोर्ट आएकी वृद्धाको शव व्यवस्थापनमा पनि सेना नै खटिनुपरेको प्रजिअ निरौलाको भनाइ छ।

विराटनगर–३ का वडाध्यक्ष विनोद बस्नेतले परिवारका अन्य सदस्य संक्रमित भएका कारण सर्ने डरले छिमेकीहरु घरमा पस्न नमानेको बताए । कोरोना नदेखिएका कारण घाटमा गर्नुपर्ने दाहसंस्कार हुन नपाएको भन्दै बस्नेतले सेनाले लगेर संक्रमितको जस्तो व्यवस्थापन गर्नु पर्ने अवस्था आएको बताए ।

मृतकका कान्छा छोरालाई कोरोना देखिएपछि जेठा छोरा र उनका परिवारका सदस्य पीसीआर परीक्षणका लागि बुधबार विराटनगरमा स्वाब दिएर काठमाडौं गएको खुलेको छ । उनीहरुको रिपोर्टका बारेमा यकिन भएको छैन । तर आमाको मृत्यु भएकाले दाहसंस्कारका लागि आउन छिमेकी र स्थानीय प्रशासनले आग्रह गरे पनि उनले चासो नदिएको प्रजिअ निरौलाको भनाइ छ ।

 

प्रकाशित: Aug 17, 2020| 07:02 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।