बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक पहिरोमा १२ बालबालिकासहित १९ जनाको शव भेटियो

सिन्धुपाल्चोक पहिरोमा १२ बालबालिकासहित १९ जनाको शव भेटियो

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीयको सहयोगमा हालसम्म चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालकको शव फेला पारेको छ ।

सेनाका ४७ जनाले उक्त पहिरामा परी हराइरहेका २० व्यक्तिको खोजी कार्य अझै जारी राखेको जानकारी दिइएको छ । पीडित परिवारलाई तत्काल राहतका लागि सेनाले हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाललगायत अत्यावश्यक राहत सामग्री उक्त स्थानमा पुर्याइएको छ ।

 

प्रकाशित: Aug 17, 2020| 06:08 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।