बिहीबार, भदौ ११, २०८३

आर्थिक प्रलोभनमा पर्ने २ प्रहरी निलम्बित

बाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत दुई जना प्रहरीलाई निलम्बन गरिएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– बाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत दुई जना प्रहरीलाई निलम्बन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले उनीहरुलाई निलम्बन गरेको बाग्मती प्रदेश प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बा ६ ख ५५६३ नम्बरको सवारी साधनसँग रकम लिएको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा रकम लिएको पुष्टि भएपछि थप छानबिनको लागि उनीहरुलाई निलम्बन गरिएको हो।

निलम्बन पर्नेमा इलाका प्रहरी कार्यालय, भिमानमा कार्यरत प्रहरी हबल्दार कमलबहादुर खड्का र प्रहरी चौकी, ढुंग्रेबासमा कार्यरत प्रहरी जवान वीरबहादुर प्रसाद यादव छन्।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा निजहरुउपर थप छानबिन गर्न समिति गठन गरेको छ।

बाग्मती प्रदेश प्रहरी कार्यालयले इमान्दारीपूर्वक डियुटी गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्रव्यवसायिक कार्यमा संलग्नलाई कारवाही गर्दै आइरहेको छ।

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले विशेष कार्ययोजना बनाइ मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मूल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरेका छन्।

सेवाग्राहीसँग आर्थिक प्रलोभनमा परेको अभियोगमा एक जना प्रहरी निरीक्षकसहित १३ जना प्रहरी कर्मचारी निलम्बित भइसकेका छन्। भने इमान्दारितापूर्वक डियुटी गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।

प्रकाशित: Aug 16, 2020| 21:24 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।