बिहीबार, भदौ ११, २०८३

निषेधाज्ञा कडा बनाउन वीरगन्जमा सेना परिचालन

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा निषेधाज्ञा लागू भएपछि नेपाली सेना परिचालन गरिएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

पर्सा- कोरोना संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा निषेधाज्ञा लागू भएपछि नेपाली सेना परिचालन गरिएको छ।

मास टेस्टिङ्ग तथा एक घर एक पिसिआर परीक्षण अभियानलाई अगाडि बढाएसँगै पर्सामा धमाधाम कोरोना संक्रमण पुष्टि हुन थालेपछि साउन १० देखि वीरगन्ज महानगरपालिकाभित्र लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो।

त्यसपछि जिल्लाभरि नै कोरोना संक्रमितहरु बढ्न थालेपछि साउन १८ गतेदेखि पर्सा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो।

संक्रमितको संख्या लगातार बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्सामा शनिबार बसेको संकट व्यवस्थापन समितिको बैठकले आइतबार बिहानदेखि भदौ १३ गतेको लागि नेपाली सेना परिचालन हुनेगरी निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार साँझ करिब ६ बजे आधारिक फेसबुक पेज मार्फत् सूचना सार्वजनिक गर्दै साउन ३२ गते बिहान ५ बजेदेखि भदौ १३ गते बिहान ५ बजेसम्मका लागि सेना परिचालनसहितको निषेधाज्ञा जारी गरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेका सूचनामा कोरोना रोकथाम नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम साउन ३२ गते बिहान ५ बजेदेखि भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालन हुने गरि निषेधाज्ञा आदेश जारी गरिएको भन्ने उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ६ बजे सूचना जारी गरे पनि नेपाली सेना भने दिउँसो करिब २ बजेदेखि नै परिचालित छ।

प्रकाशित: Aug 16, 2020| 20:12 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।