बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ : ५०९० जनालाई कोरोना संक्रमण, १५ जनाको मृत्यु

प्रदेश ५ : ५०९० जनालाई कोरोना संक्रमण, १५ जनाको मृत्यु

प्रदेश ५ मा अहिलेसम्म ५ हजार ९० जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ जनाको मृत्यु भएको छ भने ८३२ जनाको उपचार जारी छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

भैरहवा- प्रदेश ५ मा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरु रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, बाँके, बर्दिया, दाङमा कोरोना संक्रमण दर बढिरहेको छ।

आइतबार मात्रै प्रदेशमा ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार प्रदेशका विभिन्न जिल्लाहरुमा गरेर ५६ जनामा संक्रमण देखिएको थियो।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आज सबैभन्दा बढी रुपन्देहीमा संक्रमित भेटिएका छन्। नेपाल आयल निगम, बुटवल उपकहानगरपालिका कर्मचारीसहित रुपन्देहीमा आज ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

निगमका १० जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि निगमको भैरहवास्थित डिपो सिल गरिएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले बताए।

प्रदेशमा आज थपिएका संक्रमितहरुमध्ये प्यूठानका २८ जना छन्। यस्तै, बाँकेका २०, नवलपरासी पश्चिमका चार, कपिलवस्तुका दुई र अर्घाखाँचीका एक जनामा संक्रमण देखिएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म ५ हजार ९० जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ जनाको मृत्यु भएको छ भने ८३२ जनाको उपचार जारी छ।

संक्रमित बढेपछि कहीँ लकडाउन, कहीँ निषेधाज्ञा

कोरोना भाइरस संक्रमित बढेपछि प्रदेशका विभिन्न जिल्लामा कहीँ लकडाउन गरिएको छ भने कहीँ निषेधाज्ञा जारी गरिएको छ।

समुदायस्तरमै कोरोना व्याप्त भएको कपिलवस्तुमा साउन २७ गतेबाट जारी लकडाउन थप गरिएको छ। कोरोना भाइरस संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भदौ १ गतेदेखि ७ गते राति १२ बजेसम्म लकडाउन बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। जोखिम अझै कायमै रहेकाले लकडाउन थप गरिएको उनले बताए।

पश्चिम नवलपरासीमा आगामी भदौ ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि भदौ ६ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो। यहाँ लक्षणसहित कोरोना संक्रमित भेटिएपछि निषेधाज्ञा जारी गरिएको हो।

यस्तै, दाङ प्रशासनले भदौ १ गतेदेखि ८ गतेसम्म रातिको समयमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ। दाङमा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

रुपन्देही प्रशासनले जिल्लामा लकडाउन नगरे पनि प्रमुख जिल्ला अधिकारी महादेव पन्थको संयोजकत्वमा क्विक रेसपोन्स टिम गठन गरेको छ। आइतबार बसेको विपद् व्यवस्थापन केन्द्रको बैठकले राहत र उद्धारलाई प्रभावकारी बनाउन टिम गठन गरेको छ। जिल्लाका केही स्थानीय तहहरुले भने लकडाउन गरेका छन्।

बुटवल उपमहानगरपालिकाले तीन दिनअघिबाटै लकडाउन गरेको छ। सिद्धार्थनगर नगरपालिकाले गएरातिबाट लकडाउन गरेको हो। यस्तै, सैनामैना नगरपालिकाले भदौ १ गतेदेखि ७ गतेसम्म नगरक्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।

तिलोत्तमा र बुटवल उपमहानगरले सूचना नै जारी गरेर नगदमा आर्थिक कारोबार आग्रह गरेका छन् । यस्तै, बैंक तथा वित्तीय संस्थाहरु नखोल्ने निर्णय गरिसकेका छन्। आज भैरहवा, बुटवल क्षेत्रका बैंक तथा सहकारी कार्यालयहरु पूर्णरुपमा बन्द गरिएको छ।

अत्यावश्यकबाहेक सरकारी कार्यालय पनि बन्द गरिएको छ। सर्वसाधारणलाई आवतजावतमा पनि रोक लगाइएको छ। यद्यपि भित्री बजारहरु भने खुलेका छन्।

प्रकाशित: Aug 16, 2020| 19:52 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।