बिहीबार, भदौ ११, २०८३

लगानी बोर्डका सिईओ भट्टलाई काम गर्न बाटो खुल्यो

उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलाई काम गर्न बाटो खोलिदिएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं- उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलाई काम गर्न बाटो खोलिदिएको छ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले यस अघि गरेको अल्पकालिन आदेश आइतबार खारेज गरेपछि भट्टलाई काम गर्ने बाटो खुलेको हो।

अन्तरिम आदेशका लागि आइतबार भएको छलफलमा भट्ट कार्यालयमा हाजिरसमेत भैसकेकाले रिटको अन्तिम टुंगो नलाग्दासम्म काम गर्नबाट रोक्न उपयुक्त नदेखिने निर्णय गरेको छ।

उच्च अदालतका न्यायाधीशहरू ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले दुबै पक्षको बहस सुनेर भट्टलाई कामकाज गर्न बाटो खोलेको अदालतका श्रेस्तेदार बाबुराम दाहालले जानकारी दिए।

इजलासले निवेदनको प्रकृति र विषयको गाम्भिर्यताका आधारमा छिटो टुंग्याउनु पर्ने भएकाले बिपक्षबाट लिखित जवाफ आइपुगेमा सुनुवाईका लागि अग्राधिकार दिन भनिएको छ।

लगानी बोर्डको सिईओमा नियुक्त भट्टको योग्यता नपुग्ने दाबी गर्दै उच्च अदालत पाटनमा अधिवक्ता जयबहादुर भुजेलले रिट हालेका थिए।

रिटमा प्रारम्भिक सुनवाइ गर्दै २७ साउनमा उच्च अदालतले तत्काल कामकाज गर्न रोक लगाएको थियो। उनको नियुक्ति बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश जारी गरेर मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कामकाज गर्न रोक लगाउन माग गरिएको थियो।

प्रकाशित: Aug 16, 2020| 19:50 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।