सुर्खेत- कालिकोटको नरहरिनाथ गाउँपालिका–७ स्थित उच्छव खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९, तानकोटबाट माइती आएकी ३३ वर्षीया देवा बोहोरासहित तीन छोराछोरीको शनिबार बेलुका खोलाले बगाएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रमुख एवं डीएसपी श्यामबाबु ओलियाका अनुसार शनिबार बेलुका नरहरिनाथ गाउँपालिका–७ स्थित माइती घरबाट दिदी रामपुरा बुढाको घर जाने क्रममा देवासहित १४ वर्षीया छोरी विपना, सात वर्षीय छोरा हेमन्त र एक वर्षीया छोरी आकृतिलाई खोलाले बगाएको हो।
उनीहरुको चार जनाको शव भेटिएको र परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
