बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा प्रजिअको संयोजकत्वमा क्विक रेस्पोन्स टिम गठन

रुपन्देहीमा प्रजिअको संयोजकत्वमा क्विक रेस्पोन्स टिम गठन

कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दिनहुँ बढ्न थालेपछि रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

भैरहवा- कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दिनहुँ बढ्न थालेपछि रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उक्त टिम गठन गर्ने निर्णय गरेको हो। टिमले कोरोना संक्रमणको बेला आइपर्ने समस्या समाधान गर्न उक्त टिमले भूमिका खेल्ने उनले बताए।

उक्त टिममा स्थानीय तहका प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जिल्ला प्रमुखहरु, नेपाल पत्रकार महासंघको प्रतिनिधि, रेडक्रसको प्रतिनिधि सदस्य रहनेछन्। यस्तै, विपद् व्यवस्थापन क्षेत्रमा काम गरेका संस्थाका दुई जना प्रतिनिधि सदस्य रहने भएका छन्।

प्रजिअ महादेव पन्थको सभापतित्वमा सम्पन्न बैठकमा जिल्ला समन्वय समिति सभापति एकराज विश्वकर्मा, रेडक्रस रुपन्देही उपाध्यक्ष दीपक क्षेत्री न्यौपाने, विपत व्यवस्थापन समितिका जगन्नाथ कुर्मी, नमूना एकीकृत विकासको अध्यक्ष ज्ञानु पौड्याल, सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेल, नेपाल पत्रकार महासंघ सहसचिव कमल रायमाझी लगायतले कोरोना संक्रमण फैलिन नदिन समुदायमा सचेतना जरुरी रहेको बताए। उनीहरुले यसमा स्थानीय तहको भूमिका अझै प्रभावकारी हुनुपर्नेमा जोड दिए।

बैठकमा सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले कोभिड-१९ नियन्त्रणको लागि क्विक रेस्पोन्स टिमको योजनालाई आर्थिक तथा भौतिक सहयोग गर्न तयार भएको बताए।

उनले भने, “के आवश्यक हुन्छ, पत्र पठाउनुस्। हामी दिन तयार छौं।”

प्रकाशित: Aug 16, 2020| 18:40 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।