बिहीबार, भदौ ११, २०८३

विराटनगर : एक महिनामा ५४२ संक्रमित, सातजनाको मृत्यु

 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

विराटनगर– विराटनगरमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ।

साउन १ देखि ३२ गतेसम्ममा संक्रमितको संख्या ५ सय ४२ पुगेको छ। संक्रमणबाट सातजनाको मृत्यु भएको छ। संक्रमितमध्ये ७६ जना डिस्चार्ज भएका छन्।

साउनमा ६ दिनबाहेक दैनिक संक्रमण देखिएको छ।

साउन १ देखि ७ गते सम्म विराटनगरमा ६ जना संक्रमित थिए।

साउन ८ देखि १४ सम्म ५७ जना, १५ देखि २१ गतेसम्म ७४ जना, २२ गतेदेखि २८ गतेसम्म १ सय ८६ जना र २९ देखि ३२ गते सम्म चार दिनमा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो ४ दिनमा संक्रमितको संख्या अत्यधिक वृद्धि भएको छ। साउनभरिमा मात्र विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या पाँच सय ४२ पुगेको छ। आइतबार विराटनगरमा ८६ जनामा संक्रमण देखिएको छ।

यो अहिले सम्मकै उच्च हो।

असार मसान्तसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या २९ थियो ।

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलासहित ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर ९ का २ जना, वडा नंं. ३, ५, १० र १५ का १–१ जना छन्।

प्रकाशित: Aug 16, 2020| 17:21 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।