बिहीबार, भदौ ११, २०८३

आज संक्रमित ६४१ जना कुनकुन जिल्लाका?

संक्रमित हुनेमा २१८ महिला र ४२३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ६४१ जना संक्रमित भएका छन्। संक्रमित हुनेमा २१८ महिला र ४२३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। जसमा काठमाडौंका १२६, ललितपुरका ३८ र भक्तपुरका ८ जना छन् ।
इलाममा एक जना संक्रमित थपिएका छन्। यस्तै मोरङमा ९६ जना, सुनसरीमा २ जना र ताप्लेजुङा १ जनामा थप संक्रमण भएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सप्तरीमा ११, सिरहामा तीन र धनुषामा ३७ जना संक्रमित थपिएको बताए । यस्तै महोत्तरीमा आठ, सर्लाहीमा दुई, बारामा ६९, पर्सामा ६४ र रौतहटमा १४ जना संक्रमित भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
सिन्धुलीमा एक, नुवाकोटमा एक, चितवनमा २७ र मकवानपुरमा एकजना संक्रमित थपिएका छन्। यस्तै बाग्लुङमा एक, कास्कीमा ११ र लमजुङमा थप एकजनामा संक्रमण भएको छ। नवलपरासी पूर्व र पर्वतमा एक एक जनामा संक्रमण भएको छ भने तनहुँमा ६ जनामा संक्रमण भएको छ। यस्तै कपिलवस्तुमा तीन, पश्चिम नवलपरासीमा आठ र रुपन्देहीमा ५८ जना संक्रमित थपिएका छन्।
दाङमा चार, रोल्पामा दुई, बाँकेमा १० र बर्दियामा थप तीन जनामा संक्रमण भएको छ। पश्चिम रुकुममा एक, जुम्लामा एक, कैलालीमा तीन र कञ्चनपुमार ५ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता गौतमले बताए।

प्रकाशित: Aug 16, 2020| 16:46 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।