बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री ओलीको फोटोमा कमेन्टको ओइरो

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री ओलीको फोटोमा कमेन्टको ओइरो

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा रहेको तस्बिरमा कमेन्ट गर्ने अभियान चलेको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं- बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा रहेको तस्बिरमा कमेन्ट गर्ने अभियान चलेको छ।

केही दिनयता चलेको अभियानमा दुई लाखभन्दा बढी मानिसले कमेन्ट गर्दै निर्मलालाई न्याय दिन माग गरेका छन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको दुई वर्षअघि बलात्कारपछि हत्या भएको थियो। सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको र कारबाहीका लागि चासो नदिएको भन्दै प्रधानमन्त्री ओलीको आधिकारिक फेसबुक पेजमा रहेको प्रोफाइल तस्बिरमा कमेन्टहरु आइरहेका छन्।

उक्त पेजमा ओलीको एउटामात्रै तस्बिर रहेको छ भने यो अकाउन्टलाई फेसबुले ‘भेरिफाइड्’ गरेको छ।

कमेन्ट गर्ने सबैलाई निर्मलालाई तत्काल न्याय दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

यसमा प्रधानमन्त्रीको कुनै प्रतिक्रिया आएको छैन।

कमेन्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रकाशित: Aug 16, 2020| 16:17 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।