बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको सूचना स्थानीय तहलाई उपलब्ध गराऊ : मानव अधिकार आयोग

कोरोना संक्रमितको सूचना स्थानीय तहलाई उपलब्ध गराऊ : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितहरुको सूचना स्थानीय तहलाई उपलब्ध गराउन र नागरिकको स्वास्थ्यको अधिकार संरक्षण गर्न आग्रह गरेको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितहरुको सूचना स्थानीय तहलाई उपलब्ध गराउन र नागरिकको स्वास्थ्यको अधिकार संरक्षण गर्न आग्रह गरेको छ।

आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन्। ‘देशमा कोभिड–१९को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्था छ । सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दछौं,’ आयोगले भनेको छ। आयोगले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो।

आफ्नो इलाकाभित्रका कोभिड–१९ बाट संक्रमित भएका व्यक्तिहरुको सूचना जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको कारण आफ्नो क्षेत्रभित्र कहाँ र के कति संख्यामा संक्रमितहरु रहेका छन् र परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नुपर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन आएको आयोगले जनाएको छ।

आयोगले स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन संक्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौं लगायत अन्य ठूला सहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिहरुमा संक्रमण देखियो सो समेत स्पष्ट गर्दा स्थानीय तहहरुलाई थप सजगता अपनाउन मद्दत मिल्ने आयोगले पत्राचार मार्फत् भनेको छ।

संक्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न, आमनागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन आयोगले सबै स्थानीय तह र नेपाल सरकारलाई आग्रह पनि गरेको छ।

प्रकाशित: Aug 16, 2020| 15:06 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।