बिहीबार, भदौ ११, २०८३

विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर महानगरपालिकामा कोरोना भाइरस शंकास्पदको परीक्षण गराउन स्वाब संकलनमा खटिँदै आएका एक चिकित्सकमा कोराना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

विराटनगर– विराटनगर महानगरपालिकामा कोरोना भाइरस शंकास्पदको परीक्षण गराउन स्वाब संकलनमा खटिँदै आएका एक चिकित्सकमा कोराना संक्रमण पुष्टि भएको छ।

चिकित्सकमा आइतबार कोरोना पुष्टि भएपछि तीव्र रुपमा संक्रमण फैलिरहेको महानगरमा स्वाब संकलन कार्य रोकिएको छ। स्वाब संकलनमा खटिने चिकित्सकमा नै कोरोना देखिएपछि तत्कालका लागि स्वाब संकलन कार्य अघि बढ्न नसकेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।

उनका अनुसार संक्रमित चिकित्सकमा ज्वरो आउने लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेर परीक्षण गराइएको थियो।

चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि महाशाखाका कर्मचारी क्वारेन्टिनमा बसेका छन्। अन्य स्वास्थ्यकर्मीको कोरोना परीक्षण गराएर रिपोर्ट आएपछि स्वाब संकलनको काम पुनः सुरु गरिने कार्कीले बताए।

विराटनगर महानगरपालिकामा ५२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

 

प्रकाशित: Aug 16, 2020| 15:04 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।