बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित : नारायणकाजी श्रेष्ठ

कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित : नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित भएको दाबी गरेका छन्।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनले पार्टी एकताको रक्षा सुनिश्चित भएको दाबी गरेका छन्।

‘हाम्रो पार्टीका दुई अध्यक्षद्वारा पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम सुरु गरिसकेको छ,’ उनले भने, ‘यसले यो सकारात्मक सन्देश दिइसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।’

‪कार्यदललाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने उनले बताएका छन्। ‪यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको उनको भनाइ छ।

‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं । पार्टीभित्र केही विषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भइहाल्नु उपयुक्त हुँदैन,’ उनले भनेका छन्, ‘बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्छ।’ ‪

‪कार्यदलले तत्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुनर्निर्माण र अन्तर्राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने उनले बताए।

‘मैले यसअघि नै सार्वजनिक रुपमा पार्टी संकटको निकासको सूत्र प्रस्तुत गरिसकेको हुँ,’ उनले भने, ‘पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी गर्नुपर्छ। पार्टी एकताको रक्षाले हामी सबैलाई खुसी बनाएको छ।’

नेकपा विवाद समाधानका लागि दुवै अध्यक्ष निकट नेताहरु सम्मिलित कार्यदल गठन गरेपछि नेता श्रेष्ठले फेसबुकमा आफ्नो धारणा राखेका हुन्।

प्रकाशित: Aug 16, 2020| 14:50 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।