बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा कोरोना संक्रमण फैलिँदै (कुन पालिकामा कति ?)

रुपन्देहीमा कोरोना संक्रमण फैलिँदै (कुन पालिकामा कति ?)

स्वास्थ्य कार्यालय भैरहवाका भेक्टर निरीक्षक केदार शाहका अनुसार तिलोत्तमा नगरपालिकामा ६ जना, बुटवल उपमहानगरपालिकामा १ जना, सियारी गाउपालिकामा १ जना र सिद्धार्थ नगरपालिकामा १० जना संक्रमित थपिएका छन्।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

भैरहवा– भारतसँग सीमा जोडिएको जिल्ला रुपन्देहीमा कोराना संक्रमितको संख्या बढ्दै गएको छ। आज (आइतबार) जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय भैरहवाका भेक्टर निरीक्षक केदार शाहका अनुसार तिलोत्तमा नगरपालिकामा ६ जना, बुटवल उपमहानगरपालिकामा १ जना, सियारी गाउपालिकामा १ जना र सिद्धार्थ नगरपालिकामा १० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म बुटवल उपमहानगर क्षेत्रभित्र ५८ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६१ जना, तिलोत्तमा नगर क्षेत्रमा ५० जना, सिनपा भैरहवा क्षेत्रमा ४८, देवदहनगर क्षेत्रमा १८ जना र सैनामैना नगर क्षेत्रभित्र ४३ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी मायादेवी गाउँपालिकामा १७ जना, ओमसतिया गाउँपालिकामा एकजना, रोहिणी गाउँपालिकामा ८ जना, मर्चवारी गाउँपालिकामा १५ जना, समरीमाई गाउँपालिकामा २७ जना, शुद्धोधन गाउँपालिकामा ८, सियारी गाउँपालिकामा ८ जना, गैडहवा गाउँपालिकामा २६ जना, कोटहीमाई गाउँपालिकामा २६ जना र कञ्चन गाउँपालिकामा २४ जना संक्रमित छन्। एक जनाको ठेगाना खुलेको छैन।

यसैबीच बुटवल उपमहानगरपालिकामा ३ जना अधिकृत र १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाइ र दमकल सेवा बाहेक सबै सेवाहरु बन्द गरेको छ।

शनिबार उपमहानगरका लेखा अधिकृतलाई संक्रमण देखिएकोमा आइतबार प्रशासन र सामाजिक विकास शाखा अधिकृतसहित थप १ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ। अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।

यता, शनिबार भैरहवास्थित एसबिआई बैंकमा कार्यरत १२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर नै त्यसको असर पर्ने देखिएको छ। उक्त बैंकमा भारतीय सेनामा कार्यरत नेपालीहरुको खाता हुने र उक्त खाताको एटिएम तथा चेक परिवारका सदस्यले चलाउने हुँदा ती परिवारका सदस्यलाई कोरोना संक्रमण हुन सक्ने खतरा बढेको छ।

 

प्रकाशित: Aug 16, 2020| 14:04 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।