बिहीबार, भदौ ११, २०८३

रौतहटमा २० वर्षीय युवकको हत्या

रौतहटमा २० वर्षीय एक युवकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं- रौतहटमा २० वर्षीय एक युवकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको छ।

गरुडा नगरपालिका-८ जिगंडवाका २० वर्षीय निरन्जन रामको धारिलो हतियारले घाटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार शवको प्रकृति हेर्दा धारिलो हतियारले घाटी रेटेर हत्या गरेको देखिएको छ।

शनिवार साँझमा घर जान भनेर काम गर्ने एक फलफूल नर्सरीबाट हिँडेका रामको गाँउभन्दा करिब ३०० मिटर टाढा बाटोमा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याउदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 16, 2020| 13:55 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।