बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना संक्रमण, संक्रमित प्रहरीको संख्या ६२० पुग्यो

नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना संक्रमण, संक्रमित प्रहरीको संख्या ६२० पुग्यो

नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले प्रहरी अस्पतालमा कार्यरत प्राविधिकतर्फका दुई डीआईजीमा संक्रमण पुष्टि भएको जानकारी दिए।

संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य छ। शनिबार बिहान आएको परीक्षण रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
देशैभर नेपाल प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ। फ्रन्टलाइनमा रहेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिने नेपाल प्रहरीका अहिलेसम्म ६२० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको प्रवक्ता कडायतले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म २४० जना संक्रमणमुक्त भएका छन्। ३८० जना उपचाररत छन्।

प्रहरी प्रधान कार्यालयभित्र १५५ जनामा संक्रमण देखिएको छ। संक्रमित सबै प्रहरीको स्वास्थ्य सामान्य रहेको प्रहरी मुख्यालयले जनाएको छ।

प्रकाशित: Aug 16, 2020| 13:32 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।