बिहीबार, भदौ ११, २०८३

दूधकुण्ड फुट्ने सम्भावना न्यून

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ ।

यही साउन २३ गते बिहान दूधकुण्ड मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुाका कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजानिक गरिएको हो ।

साविककै अवस्थामा रहेको दूधकुण्ड फुटेको भन्ने भ्रमपूर्ण रहेको र सोही तालको उत्तरतर्फ करीब २० किलोमिटरमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ । निरन्तरको वर्षाले चोकर्मामा पानीको बहाव बढेको र पश्चिमतर्फ कमजोर रहेको चार मिटर भाग कटान गरी फुटेको प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए।

साउन २२ गते राति अविरल वर्षा भएर पानीको बहाव बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको त्यस क्षेत्रमा रहेका लाक्पा लामाले जानकारी दिए। साउन २३ गते बिहान सोलुु खोलामा पानीको बहाव उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको जनाउँदै स्थानीयवासीले तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए ।

प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकप्टरबाट स्थलगत अध्ययनमा जाने योजना बनाए पनि मौसम प्रतिकूल हुँदा सफल भएको थिएन ।

मौसम प्रतिकूलतापछि साउन २८ गते सल्लेरीबाट प्रहरी टोली दूधकुण्ड क्षेत्र प्रस्थान गरेको थियो । सदरमुकाम सल्लेरीदेखि ६० कोस उत्तरतर्फ चार हजार ५०० मिटर उचाइमा दूधकुण्ड पर्छ । समुद्र सतहदेखि पाँच हजार ६५० मिटरको उचाइमा चोकर्मा पर्छ । उक्त पोखरी फुटेर पानी बग्दा दुई चौँरीगोठ र तीन काठेसाँघु बगाए पनि उक्त क्षतिका बारेमा भने प्रहरीले केही पनि खुलाएको छैन ।

प्रकाशित: Aug 16, 2020| 05:24 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।