भैरहवा- लाइन्स क्लब अफ भैरहवा ग्रिनसिटी गठन भएको छ। युवा व्यवसायी शिवनाथ गुप्ता अध्यक्षतामा क्लबको ५३ सदस्यीय समिति गठन भएको हो।
लायन्स क्लब अफ सिद्धार्थनगरको स्पोन्सरमा गठित लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको ब्यानर कार्यक्रमको संघीय सांसद प्रमोदकुमार यादवले शनिबार उद्घाटन गरे।
सो अवसरमा उनले लायन्सको गतिविधिले सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुगिरहेका बेला भैरहवा ग्रिनसिटिको भूमिका उल्लेखनीय हुने बताए।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
क्यान्सरपीडितलाई ५१ हजार रुपैयाँ सहयोग
क्लबले भारतको नयाँ दिल्लीमा क्यान्सरको उपचार गराइरहेको रुपन्देहीको सैनामैना नगरपालिका ४ का मनोज गिरीलाई शनिबार ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
क्लबले मनोजको परिवारलाई शनिबार उक्त रकम हस्तान्तरण गरेको छ।
