बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पताल ल्याउँदै गर्दा ज्यान गुमाएका पर्साका पुरुषमा कोरोना पुष्टि, धार्मिक परम्परा अनुसार सदगत

अस्पताल ल्याउँदै गर्दा ज्यान गुमाएका पर्साका पुरुषमा कोरोना पुष्टि, धार्मिक परम्परा अनुसार सदगत

उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गुमाएका पर्साका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

पर्सा- उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गुमाएका पर्साका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३ पुगेको छ। 

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार वीरगन्ज महानगरपालिका २६, अठराहाका ४५ वर्षीय जाकिर मियाँलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो। 

उनलाई श्वासप्रश्वास, खोकीलगायत समस्या रहेको बताइएको छ।

धार्मिक परम्पराबाट सदगत

जाकिरको मुस्लिम परम्परा अनुसार सदगत गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक मन्जित कुँवरले बताए।  

अस्थायी इजलास, वीरगन्जले कोरोना संक्रमणबाट ज्यान गुमाउनेको धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्ने आदेश दिएपछि परिवारले उनको सदगत गरेको हो।

यसअघि कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव नेपाली सेनाले व्यवस्थापना गर्ने गरेको थियो।

प्रकाशित: Aug 15, 2020| 21:24 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।